धनगढी-कैलालीको धनगढीमा नेपाली राष्ट्रवादी चलचित्र काँडेतारको च्यारेटी सो हुने भएको छ । चलचित्र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना सोमबार धनगढीमा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता/निर्देशक नवल खड्काले माघ २० गते धनगढीको एसटिएस सिनेमामा काँडेतारको सुदूरपश्चिम च्यारिटी सो हुने जानकारी दिएका छन् ।
देशभक्ति जगाउन च्यारेटी सो सञ्चालन गरिन लागेको बताउँदै खड्काले च्यारेटी सो बाट सङ्कलन भएको रकम सीमाको लडाइमा ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई सहयोग गरिने जानकारी दिए । चलचित्रको च्यारेटी सो अन्य प्रदेशमा भइसकेको छ ।
४ करोडको लगानीमा तयार भएको चलचित्र फागुन २५ गते देखि देशभर प्रसारणमा आउँदै छ ।