कोशी प्रदेश पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित ९ विकेटले गर्दै कोशी फाइनलमा प्रवेश गरेको हो ।
कोशीले अब उपाधिका लागि नेपाल एपीएफ क्लबको सामना गर्ने छ । कोशी र एपीएफबीचको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।
सोमबार भएको खेलमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा केवल १ विकेट गुमाएर पूरा गर्यो । कोशीको जितमा काजल श्रेष्ठले ३८ रन तथा कप्तान रुविना क्षेत्रीले ३७ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८८ रन बनाउँदा सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । कोशीका लागि संगिता राईले सर्वाधिक २ विकेट हात पारिन् ।