प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रदेश स्तरिय युथ फोरमको धनगढीमा शुभारम्भ भएको छ ।
नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाको अध्यक्षतामा संचालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्दै ५१ जना रोभर रेन्जर तथा युवा स्काउटहरुको सहभागिता रहेको छ।
कार्यक्रममा बोल्दै नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सम्योजक थापाले युवाहरु नै रास्ट्र निर्माणको मेरुदण्ड रहेकोले राज्यले युवा मैत्री योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्ने बताए ।
विश्व स्काउट सङ्गठनको मूल्य, मान्यता र युवा मन्च सन्चालन निर्देशिकाको अधिनमा रहि स्काउटिङ क्षेत्रमा प्रक्रियागत रुपमा लागिरहेका युवाहरुको रुचि र आजको आवस्यकतालाई निर्णायक तहसम्म छलफलको बिषयबस्तु बनाई आवस्यक निर्णय गरि कार्यान्वयन गर्नका लागि यो Youth Forum महत्वपूर्ण हुने उनको भनाइ छ ।
पुस १३ गते देखि सुरु भएको फोरम १७ गते सम्म चल्ने छ ।