कैलालीको धनगढीमा आधी शरीर कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६को कार्यालय नजिक मट्यारीमा अन्दाजी ३२/३३ बर्सिया महिलाको शव फेला परेका वडाध्यक्ष भागीराम चौधरीले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरु शौचका लागी झाडीमा जानेक्रममा शव देखेका हुन् ।
महिलाको शरीरको तल्लो भागमा किरा परेका छन् । घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ । घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।