धनगढी: शनिबार राति गएको भूकम्पको धक्कापछि बझाङ र बाजुरामा स्थानीय बाहिर बसिरहेका छन्। बझाङसहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा आज ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो।
बझाङको पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो। बझाङमा धेरै घरहरु पनि भुकम्पका कारणले चर्किएका छन्। बझाङ र बाजुरामा भूकम्पका धक्कापछि बाहिरै बसेर आगो तापिरहेका छन्।