गठबन्धन दलबाट बैतडी प्रदेशसभा क का उम्मेदवार बिरबहादुर विष्टले वारिसनामा मनोनयन दर्ता गराएका हुन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसका नेता बिरबहादुर विष्टको मदनमोहन विष्टले वारिसनामा मनोनयन दर्ता गराएका हुन् ।
गठबन्धन दलबाट नेपाली कांगे्रेसले उम्मेदवार छनोटको अन्तिम निर्णय हिजो राती मात्रै गरेकाले उनि काठमाण्डौँमै छन् । त्यसैले उनको वारिसनामा उम्मेदवारी दर्ता गरिएको हो । बिरबहादुर विष्ट निवर्तमान सुर्नया गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसभापति हुन् ।
गठबन्धन दलहरुको साझा उम्मेदवार भएकाले पनि आफ्नो जित सुनिश्चित रहेको बताएकाछन् ।