रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौँ वार्षिक उत्सवको अवसरमा धनगढीमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ ईन्सोरेन्सले आयोजना गरेको कार्यक्रममा करिब २० जनाले रक्तदान गरेका छन् ।
रक्तदाताहरूलाई रिलाईवल लाइफ ईन्सोरेन्स ले सम्मान समेत गरेको छ । मानव जीवनमा बिमा विशेष आवश्यक रहेझैँ रक्तदान गर्न पनि उतीनै आवश्यक रहेको रक्तदाताहरूको तर्क छ ।
रिलायबल लाइफ ईन्सोरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख चन्द बहादुर विष्टले जीवन बिमा गर्न अति आवश्यक रहेको बताए । छोटो समयमा रिलायवल नेपालले नेपालीको मन जितेकाले रिलायबलमै बिमा गर्न उहाँले सबैमा अपिल गरे । कार्यक्रममा एजेन्सी म्यानेजर मेघा भट्टले जीवन रहुन्जेल र नरहे पनि जीवन विमाले सुरक्षा प्रदान गर्ने बताइन् ।