डोटीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई बिना कारण पक्राउ गरिएको नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले बताए। बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने माग राखे।