जीवन विष्ट नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका २३ जना केन्द्रीय सदस्यमा चयन भएका छन् । पौष ११ देखी १८ गते सम्म काठमाडौँमा भएको महाधिवेशनबाट कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, अछामका दुई, बैतडीका दुई र डोटीका दुई जना केन्द्रीय सदस्यमा चयन भएका हुन् । सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ ७ जना, खस आर्यतर्फ ६ जना, दलिततर्फ तीन जना, थारुतर्फ तीन जना, जनजातितर्फ दुई जना, उत्पीडित क्षेत्रतर्फ एक जना र खस आर्य युवातर्फ एक जना केन्द्रीय सदस्य चुनिएको माओवादी केन्द्र सुदूरपश्चिम केन्द्र इन्चार्ज खगराज भट्टले बताए । खुला तर्फ डडेल्धुराबाट भट्ट सहित दार्चुलाबाट लक्ष्मण जोशी,अछामबाट शरदसिंह भण्डारी,कैलालीबाट वीरमान चौधरी र नेपबहादुर चौधरी,बैतडीबाट नरेन्द्र कँवर,डोटीबाट त्रिलोचन भट्ट चयन भएका छन् । यस्तै खस आर्य कोटाबाट बैतडीकी रेणु चन्द,डडेल्धुराकी कुन्ती जोशी,कैलालीकी विमला सिंह,डडेल्धुराकी मञ्जु बम,अछामका टिएम स्वार र बझाङबाट देवराज रेग्मी चयन भएका छन् । जनजाति अन्तरगत कञ्चनपुरबाट बिना मगर र डोटीबाट डम्बर घर्ती परेका छन भने उत्पीडित क्षेत्रबाट बझाङकी देवकी मल्ल चयन भएकी छिन् । यस्तै दलित कोटाबाट बझाङकी शान्ति नेपाली,दार्चुलाकी लक्ष्मी बिक,डडेल्धुराका जगत पार्की समेटिएका छन् । थारु समुदायबाट कञ्चनपुरका देवीलाल चौधरी,कैलालीकी रुपा चौधरी,कञ्चनपुरकै दिपा चौधरी र खस आर्य युवा तर्फबाट कैलालीका लालबहादुर सोडारी केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।
माओवादी केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट २३ जना चयन
माओवादी केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट २३ जना चयन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु