मानव जाती जनावर जगतको एक सबैभन्दा चेतनशील प्राणी हो। सम्पूर्ण जनावर जगत मध्ये सबैभन्दा विकसित मस्तिष्क मानव जातीकै हुने भएकै कारण मानव प्राणीहरूमा सबैभन्दा सर्वश्रेष्ठ प्राणी भनेर चिनिएको छ। जनावर जगतमा सूक्ष्म जीव देखि सर्वश्रेष्ठ भनेर चिनिने मानव जाती सम्मका जनावरहरू आ-आफ्नो समूह, हुल, बथान इत्यादि बनाएर बसेका हुन्छन् जसलाई तिनीहरूको समाज भनिन्छ !
मानव जाती एक यस्तो जाती हो जो आफ्नो समूहलाई सभ्य शान्त र सुन्दर समाज बनाई बस्न सक्दछ । म पनि मानव समाजको एक सदस्य हु । मैले आफू बसोबास गरेको यो समाज मा भएको परिवर्तन सूक्ष्म तरिकाले नियाल्ने गरेको छु। आज मेरो समाज सकारात्मक नभई नकारात्मक परिवर्तन को घेराबन्दीमा परेको अनुभूति मेरो आत्मा र मनले गरेको छ। हामी चाहन्छौ हरेक व्यक्ति स्वतन्त्र हुन अपरिहार्य छ ।
हुन पनि हो जब सम्म मान्छे आफू स्वतन्त्र भएर बाच्न सक्दैन तबसम्म मानिसले स्वतन्त्र रूपमा आफूले केही पनि नवीन कार्य गर्न सक्दैन तर स्वतन्त्रताको नाममा पूर्ण छाडा भयो सस्कृती र सभ्यता भन्दा बाहिर गयो भने कदापि पनि राम्रो हुन सक्दैन ।
प्राणी जति चेतनशील मानियो त्यति अनुशासन मा बाँधिनु राम्रो हुन्छ । हामीलाई थाहा छ लगाम नलगाएको घोडामा सवार गर्यौ भने हामी अवश्य पनि गन्तव्यमा पुग्दैनौ । लगाम विनाको घोडा मा सवार गरिहाल्यौ भने पनि लगाम विनाको घोडाले जुन बेला पनि हामीलाई गिराएर बाटो मोडिदिन सक्छ , त्यस्तै मानव जगतमा पनि अनुशासन रहेन भने आफ्नो प्रकृतिको बाध टुटाएर अवश्य पनि सचेत र पूर्ण मानव बन्न सक्दैन ।
हामी परिवर्तन भयौ हाम्रो समाज परिवर्तन भयो हामी एक्कासि शताब्दीको वैज्ञानिक युगमा प्रवेश गर्यौ भन्दै सभा हल चोकचोक तथा चिया पसलमा गफ गर्नमा व्यस्त रहेका छौ ।हामी र हाम्रो समाज परिवर्तन कुन विषयमा भयो त्यो कुराको वास्ता कहिल्यै पनि गर्दैनौ । आज हामी नेता बनेर जनतालाई, अभिभावक बनेर कलिला नानीबाबुहरूलाई तथा शिक्षक बनेर विद्यार्थीहरूलाई के र कस्तो शिक्षा र दीक्षा दिइरहेका छौ त्यो प्रति कदापि हाम्रो ध्यान रहेको पाइँदैन ।
नेपालको सन्दर्भ मा कुरा गरिरहँदा परिवर्तन का निम्ति भएका विभिन्न आन्दोलन हरू ले हामीलाई के दियो के सिकायो र हामीले के सिक्यौ यसमा कसैले ध्यान दिएनौ । विश्व वैज्ञानिक अवधारणा लिएर परिवर्तित भइरहँदा हामीले सत्ता परिवर्तन काटमार अर्काको कुरा काट्न गाली गलोज गर्न र सस्कृती बिर्सन बाहेक केही सिकेनौ । हाम्रो अघिल्लो पुस्ताले नयाँ पुस्तालाई कति सकारात्मक तथा नकारात्मक कुरा सिकायो र हामीले आउँदै गरेको र अब आउने पुस्तालाई के सिकाउन सक्छौ यस विषयमा हामी कहिल्यै विचार र विश्लेषण गर्दैनौ गर्न रुचाउँदैनौ ।
समाज परिवर्तनका लागि आफ्नो सम्पूर्ण समय वेतित गरे भन्ने हाम्रा अभिभावक, नेता, , शिक्षण पेसामा आबद्ध , कर्मचारी तथा आफूलाई बौद्धिक वर्ग भन्न रुचाउने व्यक्तिहरूले आज कसलाई के सिकाइरहेको छ हामी त्यस विषयमा कहिल्यै विचार विमर्श गर्न रुचाउँदैनौ । विचार विमर्श गर्छौ त केवल आफ्नो सत्ता का निम्ति आफू मात्रै सबैभन्दा जान्ने बुझ्ने आफू मात्र भद्र भलादमी र आफू मात्र सबैभन्दा ठुलो हुनुपर्ने भन्ने विषयमा हाम्रा नजर अरू प्रति कहिल्यै सकारात्मक बन्दैनन् किन कि तपाई हामी अज्ञानको भुपरीमा रुमलिरहेका छौ र त्यही भुमरीमा नयाँ पुस्तालाई होमि रहेका छौ । आज त्यही छाप दुधे अवस्था पार गरेका बालक देखि वृद्ध मानव सम्म सबैमा परेको देखिन्छ । आजको सम्पूर्ण मानवले आफूलाई मात्र सर्वेसर्वा मान्ने गरेको छ । यसै कारण परापूर्वमा रहेको शान्त सभ्य र सुन्दर मेरो समाज आज भयानक असभ्य र हिंसायुक्त समाजमा रूपान्तर हुन पुगेको छ । यो रूपान्तरित समाज निर्माणमा तपाई म र हामी सबै उतिकै जिम्मेवार छौ ।
घरको अगुवाइ, छिमेकको अगुवाइ, समाजको अगुवाइ र राष्ट्रको अगुवाइ गर्ने व्यक्तिको चेतना सकारात्मक कतै देखिँदैन । बौद्धिक व्यक्तिले नेतृत्व गरेको समाज कतै भेटिन सकिने अवस्था छैन १ देश सञ्चालन राज्य सञ्चालन गर्ने हरेक व्यक्तिमा नैतिक निष्ठा कतै देखिँदैन बरु उसले दम्ब ले दबाबले आफूलाई सर्बेसर्वा बनाएको कुरा कदापि नकार्न सकिने अवस्था छैन ।
आज समाजमा आमाले,छोरा, छोराले आमा, दाजुले भाइ, भाइले,दाजु, साथीले,साथी, र आफन्तले आफन्तको घाटी छिनाली रहेका घटना प्रत्येक दिन र घण्टा घण्टामा सुन्न र देख्न पाइरहेका छौ ।
यो समाज निर्माण गर्नमा हाम्रो कति दायित्व छ यो कुरा हामी कसैले पनि कहिल्यै किन सोचिरहेका छैनौ किन सकारात्मक परिवर्तनका निम्ति हामी तल्लीन छैनौ ? किन समाजमा नराम्रो र असभ्य बनिरहेका केटाकेटी र युवायुवती बिच चिन्ता राखिरहेका छैनौ रु के तपाई हाम्रो दायित्व पुस्ता बढाउनु मात्र हो रु यस्ता प्रश्न किन उव्जदैनन तपाई र मेरा मनमा । किन आफ्ना हरेक सन्तान लाई सकारात्मक र सभ्य शान्त बाटोमा हिँडाउन हामी अग्रसर बनेका छैनौ । सभ्य समाज निर्माण गर्नका निम्ति आत्मा साची राखेर सोचौँ त हामी कति जिम्मेवार बनेका छौ ।
विश्व नवीन कुराको अन्वेषणमा लागिरहँदा मेरा देशका युवायुवती लुट हिंसा र काटमारमा लागेको देख्दा मन भक्कानिएर आउँछ मुटु चिरिन पुग्छ । दिन दहाडै अहो कलिला मुना, जवान युवा सगैं उसका , विलीन हुन्छन् माटोमा र मारिनछन् नकारात्मक ज्ञानकै कारण निर्दोष बालिका बलात्कृत भएर मर्छिन्, आफ्नो स्वार्थ र यौन पिपासु कोखको बच्चाको हत्या गरेर प्रेमको परिभाषा नबुझेकी आमा विवाहको नाटक गर्छे । सम्झिदा निद्रा हराउँछ भोक मेटिन्छ र आँखा रसाउँछन् म एक्लो के गर्न सक्छु ।
तपाई म र हामी हुँदै सिङ्गो समाजलाई सकारात्मक परिवर्तन गर्न तयार भएनौ भने यो समाज अझै भयानक बन्ने कुरामा कुनै दुई मत नै छैन त्यस कारण आजै बाट तपाई म र हामी सबै जना सचेत बनी सभ्य शान्त र सुसज्जित समाज निर्माणका निम्ति अग्रसर बनौँ ।
एकले अर्कालाई सम्मान सद्भाव र प्रेम दिन सिकौँ र सिकाऔँ वैज्ञानिक अन्वेषणमा जुटौँ नकारात्मक कुरा मेटाउँदै जाने प्रणय गरौँ । तपाई सभ्य बनेर बाच्नु नै तपाईँको आफ्नो सम्पत्ति हो पैसा धन दौलत कदापि तपाईँको आफ्नो सम्पत्ति होइन र रहँदैन यो कुरा लाई मनन गरौँ । नयाँ पुस्तालाई शान्त बनाउने जिम्मेवारी तपाई हाम्रो सबैको जिम्मेवारी हो यसमा कृतज्ञ बनौँ ।