सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पीसीआर र एन्टीजेन विधिमार्फत गरी प्रदेशभर ९७२ जनाको नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२३ जनाको नमूना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा दुई जना र डडेल्धुरा अस्पतालमा १३ को नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टीजेन विधिमार्फत गरेको परीक्षणमा कञ्चनपुरका तीन, बाजुरा, डडेल्धुराका दुई(दुई र डोटीमा एक जनामा संक्रमण देखिएको हो । यसैबीच उक्त अवधिमा प्रदेशभर ४० जना संक्रमणमुक्त भएका छन् ।