कञ्चनपुर – लगातार परिरहेको अविरल वर्षाले महाकाली नदीमा पानीको सतह बढेको छ। आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सोमबार दिउँसो १२ बजे गरिएको मापन अनुसार नदीमा पानीको बहाव एक लाख ४१ हजार १८० क्युसेक पुगेको छ।
नदीको जलसतह बढ्न थालेकाले कञ्चनपुरका नदी तटीय क्षेत्रमा डुवान हुने क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। चुरे क्षेत्र भएर बग्ने दोदा नदीको जल बहाव समेत बढेको छ।