सुदूरपश्चिम प्रदेशमा आज सोमबार १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार ७७४ जनामा गरिएको कोरोनाको नमूना परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको पाइएकाले सावधानी अपनाउन निकै जरुरी भएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।