महिलाले अन्तिम संस्कार गर्न नहुने भन्ने पुरानो मान्यता छ । तर, कैलालीमा महिलाको एक समूहले आफैले शव बोकेर घाटसम्म पु¥याएर अन्तिम संस्कार गरेका छन ।
उनीहरुले हालसम्म ११ शव आफैले काँधमा बोकेर घाटसम्म पु¥याएर अन्तिम संस्कार गरिसकेका छन् । धनगढीस्थित दृष्टी फाउण्डेसनका महिलाले पुरानो परम्परा तोड्दै बेबारिसे मृतक महिलालाई दागबत्ती दिदै आएका छन् ।
तीन वर्ष अघि डडेल्धुराबाट दुई बच्चासहित उद्धार गरेर दृष्टी फाउण्डेसमा सहारा दिदै आउनुभएकी ३६ वर्षीय महिलाको बिहीबार मृत्यु भएपछि दृष्टी फाउण्डेसनका महिलाले उनको अन्तिम संस्कार गरेका हुन् ।
उनको ७ र ५ वर्षका दुई बच्चा रहेको दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘तीन वर्ष अघि डडेल्धुराबाट उद्धार गरेर दृष्टी फाउण्डेसनमा सहारा दिएका थियौं । केही दिनदेखि बिरामी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा राखेका थियौं। विहीबार उनको मृत्यु भयो शुक्रबार हामीहरुले अन्तिम संस्कार ग¥यौं ।’
उहाँले सडकमा अलपत्र महिलालाई उद्धार गरेर हामीले धनगढीस्थित दृष्टी फाउण्डेसनमा राख्ने गरेको बताउँदै मृत्यु भएपछि फाउण्डेसनका महिलाले नै सुरुदेखि अन्तिम संस्कारसमेत गर्ने गरेको बताउनु भयो ।
दृष्टी फाउण्डेसनकी चन्द्र तिरुवाले पुरानो रुढीबादी परम्परा तोड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन अभियान थालिएको बताउनु भयो । उहाँले हालसम्म ११ जना असाहाय महिलाको शव आफैले दाहसंस्कार गरेको जानकारी दिनुभयो ।