कञ्चनपुरमा नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा गरेको ताला प्रहरीले खोलेपछि झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले बताए ।