कञ्चनपुरमा होम आइसोलेशनमा बस्नेहरुमा झन संक्रमण र मृत्यु दर बढेको भन्दै संस्थागत आइसोलेशनमा जोड दिईएको छ । तेस्रो लहरको तयारी गरिरहँदा सरोकारवालाहरुले संस्थागत आइसोलेशनमा जोड दिइएका हुन् ।
दोस्रो चरणको संक्रमणको व्यवस्थापन राम्रोसंग हुन नसकेले संक्रमण र मृत्युदर बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा भारतलगायतका विदेशी भूमिबाट आएकाहरुलाई छुट्टै संस्थागत आइसोलेसन र क्वारेन्टीनमा राख्ने गरिएको थियो ।
आइसोलेशनमा राखिएकालाई पीसीआर जाँचपछि मात्रै घर पठाउने गरिएमोमा दोस्रो चरणमा संक्रमितहरुलाई समेत होम आइसोलेशनमा पठाइएको थियो । कन्ट्याक्ट ट्रेसिङमा समेत नगरिंदा समस्या झन बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाबाट १ सय ८८ जनाको मृत्यु भईसेको छ ।