देशभर थप ३ हजार ९१५ जनाको कोभिड १९ संक्रमण देखिएको छ। १८ हजार ५८२ जनाको परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ११८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ।
यस्तै, संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण १० हजार १३९ जनाको मृत्यु भइसकेको छ।