पछिल्लो २४ घण्टामा कोभिड -१९ को कारण ५५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड संक्रमण कारण १० हजार ९३ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार १३ हजार ३७८ जनाको कोभिड परीक्षण गर्दा दुई हजार ५४८ जनामा कोभिड देखिएको छ । त्यसैगरी आज दुई हजार २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६९ हजार २९९ संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार ४८५ जना छन् ।