आमाले दुई रुपियाँ कमाएको पनि मेरा लागी हो ।
बाले पसिना सङ्ग रमाएको पनि मेरा लागी हो ।।
गरिबकै कारण ऋणै ऋणमा पछारी रहँदा ।
फाटेको जामा जमाएको पनि मेरा लागी हो ।।
हरपल सम्झी रहन्छन् बा आमा आफ्ना छोराछोरी लाई ।
आफ्नो जवानी पानी बनाएको पनि मेरा लागि हो ।।
बुढा बा आमा दुवैले तातोपानी समेत नपाउँदा ।
हात थर्थराउदै घन सब्बल समाएको पनि मेरा लागि हो।।
काजल न्यौपाने (साहित्यिक मन)
नौमुले गाँउपालीका,२ दैलेख