मलाई केही गुनासो छैन,कत्ती छैन तिमी सँग।
बरु गुनासो गर्न मन छ,आफ्नै जिन्दगी सँग।।
तिम्रो साथमा हिडढुल गर्न थालेपछि अचेल ।
हरेक साँझ झगडा गर्नुपर्छ यार श्रीमती सँग।।
मलाई त बिहान बेलुका छाक तार्न मुस्किल छ ।
आम्दानीको कुरा त गएर सोध्नुस् मन्त्री सँग ।।
समय निरन्तर आफ्नै गतिमा अघि बढिरहन्छ।
समय छिट्टै गयो भन्दै गुनासो गर्छन् घडी सँग ।।
श्रीमानले रक्सी दिनुस् भनेर सताउन्छ माग्छ।
बेलुका श्रीमतीले गुनासो गर्छिन् साहु र भट्टी सँग ।।
– जी.एन बुढा
खप्तड छेडेदह गाउँपालिका,०७ बुढाबाडा बाजुरा
हाल महेन्द्रनगर कञ्चनपुर,नेपाल