नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको थियो।
तर अध्यक्ष प्रचण्डबाट बैठक स्थगित भएको सूचना आफूले प्राप्त गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनले बैठक स्थगित हुनुको कारण आफ्नाे जानकारीमा नरहेको बताए।
‘अध्यक्ष ज्यूबाट बैठक स्थगित भएको सूचना आयो तर कारणबारे मलाई जानकारी छैन’, उनले भने