कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेकाे छ ।
शनिबार बिहान गाेदावरी नगरपालिका-९ काे खुटिया खाेलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयाेग भएका ट्याक्टरलाई ६ हजार रूपैयाँ दरले गाेदावरी नगरपालिकालाई जरिवाना तिराएकाे बताए । उनले ट्याक्टर चालकहरूलाई सम्झाइबुझाई गरेर छाडिएकाे पनि जानकारी दिए ।