कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्।
साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो।राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ। परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन्।
सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा रामप्रसाद रानाले बताए। “यो चलन परम्परागतरूपमा चल्दै आएको छ”, उनले भने, “दिदीबहिनीहरुले पिङमा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीतहरु गाउने गर्दछन्। पिङलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ। चारवटा काठको खाँबोमा डोरीमा काठको फल्याक बाँधेर पिङका रूपमा प्रयोग गरिन्छ।”
सावनमा पिङ खेल्दै राना थारु समुदायका दिदीबहिनि
सावनमा पिङ खेल्दै राना थारु समुदायका दिदीबहिनि
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु