बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–११ धामीलेकमा घाँस काट्ने क्रममा लडेर २८ वर्षीय महेश्वरी जोशीको मृत्यु भएको हो ।
भिरबाट लडेर घाइते भएकी उनको जिल्ला अस्पताल सिमखेत उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए।
घर नजिकैको तिनतोशी घाँस काट्न गएकी जोशी बिहीबार साँझ लडेर गम्भीर घाइते भएको प्रहरी प्रमुख खड्काले बताए।