अछाम, २८ असार
अछाम जिल्ला कमल बजार नगर पालिका वार्ड नम्बर १ मा रहेको कालिका आधार भुत विद्यालयको बन्दै गरेको दुई कोठे पक्की भवन निर्माणका लागि १,५५,००० (एक लाख पच्पन्न हजार) हस्तान्तरण गरिएको छ।
अमेरिका निवासी ईन्द्र थापा र उनको स-परिवारले आफ्नो आमाको पुन्य तिथिको अबसरमा सामाजिक अभियन्ता लक्ष्मि बोगटी मार्फत बिधालयलाई सो आर्थिक सहयोग गरेको अभियान्ता बोगटिले बताईन ।
सोहि बिधालय का प्रधानाध्यापक देबेन्द्र सन्ज्यालले रकम हस्तान्तरण गर्दै उनले भने ” बिगत लामो समय देखि संचालित बिधालय अहिले जती खेर पनि भत्किने र बालबालिका लाई असर हुन सक्ने भएको ले सरकार लाई हार गुहार गरियो,स्थानिय प्रतिनिधि लाई सयोग माग्दा पनि कसैले नसुन्दा बिधालय को अवस्था जस्ता को तस्तै हुन गए पछि सामाजिक सन्जाल को सदुपयोग गरि सेवाकारी मन हरुलाई गुहार माग्दा सबैले सकेको सयोग गरेर अब बिधालयको भवन निर्माणमा केही सहज हुने भयो ।”
अमेरिकामा बस्दै आएका ईन्द्र थापा , उनकी धर्मपत्नि सबि थापा र आशा गुरुङले आमाको पुण्य तिथिको अबसर पारेर उक्त बिधालयलाई सहयोग गरेका थिए । सुदुर पश्चिम् मा आफ्नो बेग्लै छाप छोड्न सफल सबैको बिश्वास जितेकि सामाजिक अभियान्ता लक्ष्मि बोगटिले आफुलाई बिश्वास गरेर रकम पठाएर उक्त बिधालयलाई सहयोग हस्तान्तरण गर्न पाउँदा निकै खुसी भएको बताएकी छन।
यो महान सेवा सहयोगी मनलाई आदर गर्दै कालिका आधारभुत बिधालय ले थापा परिवार र सामाजिक अभियान्ता लक्ष्मि बोगटी लाई सम्मान पत्र पनि हस्तान्तरण गरेको छ। त्यहाका आम सर्ब साधरण बिधार्थी , अभिभावक तथा शिक्षकहरुले थापा परिवार , आशा गुरुङ र अभियान्ता बोगटीलाइ आफ्ना नानी बबुहरु अब निर्धक्क पक्की भवनभित्र पड्न लेख्ने पाउने भए भन्दै धन्यवाद दियका छन।
आमा को पुण्य तिथिको अवसरमा सरकारी बिधालयलाई सहयोग
आमा को पुण्य तिथिको अवसरमा सरकारी बिधालयलाई सहयोग
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु