कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ थापाथली, काठमाडौंले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। अस्पताललाई शनिबार १० लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेन्टर हस्तान्तरण गरिएको हो।
रोटरी क्लब अफ थापाथली, काठमाडौंका पूर्वअध्यक्ष दानबहादुर चन्दको पहलमा प्राप्त भएका ती कन्सन्ट्रेन्टर लाई नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले हस्तान्तरण गरेका हुन्।
अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने अस्पातालका प्रमुख डा। वसन्तराज जोशीले बताए। उनले भने, ‘कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीलाई उपचार गर्न सजिलो हुन्छ।’
जिल्ला अस्पतालमा हाल २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छन्। यस्तै, ७० थान ठूला र ६ थान साना गरेर ७६ थान अक्सिजन सिलिण्डर रहेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। अस्पतालमा हाल कोरोनाका तीनजना बिरामीको अक्सिजनकै सहयताले उपचार भइरहेको छ। बैतडीमा कोरोनाकै कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।