डोटी,असार २३- दुवै हात जलेर काम गर्न छोडेका डोटीका नाबालक लाई सामाजिक अभियन्ता लक्ष्मी बोगटीको समूहले बुधवार आर्थिक सहयोग गरेको छ।
डोटीको दिपायल नगरपालिकाका दुई बर्षीए नाबालक ईश्वर साउद दुई महिना अगाडि भैँसी लाई पकाएको तातो कुँडोमा खेल्दा खेल्दै दुवै हात हाल्न पुगेका थिए । दुवै हात जलेर औँलाहरूले काम गर्न छोडे पश्चात् प्राथमिक उपचार गर्दा सन्चो नभए पछि उन्लाइ धनगढी मा रहेको माया मेट्रो अस्पताल मा भर्ना गरिएको थियो तर उनको हात जस्ता को तस्तै रह्यो सन्चो हुने नभए पछि परिवार निराश भएका थिए।
काठमाडौँ लैजान आफूहरूसँग पैसा नभएको खबर सामाजिक छेत्र मा काम गर्दै आएका हिमाल साउद लाई जानकारी भएपछि हिमाल साउद को समन्वय र साथी हरुले सहयोग सङ्कलन गरेर काठमाडौँ मा पठाइयो तर पनि अझै रकम कम पर्ने भए पछि फेरि हिमाल साउद ले सामाजिक छेत्र मा निकै अग्रसर लक्ष्मी बोगटी सङ्ग कुरा गरी हामी अझै कसरी गर्न सक्छौ साहयता भन्दै सर सल्लाह पछि बोगटी को नेतृत्व मा रकम सङ्कलन भयो र अन्तमा नेपाली रकम ९०,००० (नब्बे हजार)दस दिन भित्र सङ्कलन भएर पीडित परिवार लाई हस्तान्तरण गरिएको छ ।
आज सम्म पीडित परिवार लाई जम्मा रकम ११०००० एक लाख दस हजार सहयोग गरिएको हिमाल साउदले जानकारी दिए । सहयोग गर्ने टिममा लक्ष्मी बोगटी ,आलोक साउद ,इन्द्र साउद र योगेश साउद को प्रत्यक्ष सहायता रह्यो भने बाहिर रहेर पनि हौसला साथ सपोर्ट हिमाल साउद र सकुनत्ला सोप को रहएको बताइएको छ । सहयोग पाए पछि पीडित परिवार ले सहयोगी मन लाई धन्यवाद दिँदै आफू पनि आगामी दिन मा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । अहिले बालकको अवस्थामा हल्का सुधार भएको उनका आफन्तले जानकारी दिएका छन्।