धनगढीमा गरीएको कोरोना परीक्षण शनिबार १६ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आईसीयूमा र ७ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै ४ जनाको अवस्था भने सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ३ जना बिरामी अस्पतामा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ की ७७ बर्षीय महिला रहेकी छन् ।