नेपालमा गएको २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो अवधिमा ४५१ जना संक्रमणमुक्त भएका छन्।आज ३४ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाका कारण निधन हुनेको संख्या ९ हजार १७९ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ४२८ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं ३१६, ललितपुर ७८ र भक्तपुरमा ३४ जना रहेका छन्।
यस्तै, हिजो २ हजार ७६० जनामा संक्रमण देखिएको थियो भने ४ हजार १७ जना संक्रमणमुक्त भएका थिए। यस्तै, ३३ जनाको ज्यान गएको थियो।
हिजो काठमाडौं उपत्यकामा ४१९ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जना रहेका थिए।आजसम्म नेपालमा ६ लाख ७८ हजार ८०८ जनामा संक्रमण पुष्टि भइसेको छ भने ६ लाख ३ हजार ६०० जना संक्रमणमुक्त भएका छन्।