काठमाडौं – कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।
वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक तह द्वितीय वर्षको मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा वैशाख १३ गतेपछि स्थगित गरिएको थियो ।