कञ्चनपुरको पुर्नवास नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ। बिहीवारबाट शुरु भएको नगरपालिकाको नवौं नगरसभाबाट ६९ करोड २९ लाख १ हजार रुपैयाँको बजेट ल्याएको हो।
नगरपालिकाको नवौं नगरसभाबाट घोषणा भएको बजेटमा नगरपालिकाले स्वास्थ्य,शिक्षा,उत्पादनमुलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ।