कञ्चनपुरको बेलौरीमा सर्प दंशबाट एक महिलाको मृत्यु भएको छ। सर्पको टोकाइबाट बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर बस्ने २५ वर्षीय प्रमीला बोहराको मृत्यु भएको हो।
बुधबार दिउँसो नजिकैको सामुदायिक बनमा गएको बेला सर्पले डसेपछि अपराह्न उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिए।