राम्रो स्वास्थ्यका लागि विभिन्न कुराहरु महत्वपूर्ण हुन्छन्, जस्तै राम्रो खाना, व्यायाम, राम्रो निद्रा आदि ।
यद्यपि, अहिलेको व्यस्तताले भरिएको जिन्दगीमा निद्रा कम लाग्नु एउटा सामान्य समस्या बनेको छ ।
यो समस्याको अहिले धेरैले सामना गरिरहेका छन् ।
जसका कारण कतिपयले निद्रा लगाउने औषधि पनि खान थालेका छन् ।
विशेषज्ञका अनुसार तनाव निद्रा नलाग्नुको मुख्य कारण मध्ये एक हो ।
निद्रा पूरा भएन भने दिनभरी थकित महसुस हुन् ।
यदि यस्तो स्थिति लामो समयसम्म रहिरह्यो भने विभिन्न यसले शरीरमा नराम्रो असर पुऱ्याउन थाल्छ ।
जसका कारण रोगहरुसंग लड्ने शक्ति पनि विस्तारै–विस्तारै कमजोर हुन थाल्छ ।
त्यसैले राम्रो स्वास्थका लागि पर्याप्त निद्रा आवश्यक छ ।
राम्रो निद्रा लगाउन सहयोग पुऱ्याउने केही खानेकुराहरु ।
केरा
केरालाई अनिद्राको समस्यामा अति नै प्रभावकारी मानिएको छ । यसमा समावेश खनिज, आइरन, क्याल्शियम र पोटाशियम राम्रो निद्राका सहायक हुन्छन् । तर सुत्नुभन्दा केही क्षण अगाडि मात्र यसको सेवन गर्नु हुँदैन । सुत्नु एक–दुई घण्टा अगाडि केरा खान सकिन्छ ।
केशर
राम्रो निद्राका लागि केसर पनि अति नै उपयोगि हुन्छ । यसमा विभिन्न किसिमका गुणहरु हुन्छन्, जसले अनिद्राको उपचारमा सहयोग पुऱ्याउँछ । राति सुत्नुभन्दा अगाडि दुई चिम्टि केशर एक कप तातो पानीमा मिसाएर पिउनु पर्छ । यसो गर्दा राम्रो निद्रा लाग्छ र बिहान उठ्दा ताजापन महसुस हुन्छ ।
जाइफल
जाइफललाई औषधीय गुणले भरिपूर्ण मानिन्छ । यसको प्रयोगले अनिद्राको समस्या समाप्त हुन्छ । यसका लागि एक कप तातो दुधमा एक दुई चम्चा जाइफलको धुलो मिलाउने र सुत्नुभन्दा अगाडि यसको सेवन गर्नु पर्छ । यो अनिद्रा बाहेक अपच र अवसादको उपचारमा पनि उपयोगी हुन्छ ।
तातो दूध
दिमाग र शरीरलाई आराम दिनमा तातो दूधलाई अति नै लाभदायक मानिन्छ । विशेषज्ञका अनुसार दूधमा ट्रिपटोपन, हुन्छ जसले निद्रा बढाउन सहयोग पुऱ्याउँछ । एक कप तातो दुधमा एक अथवा आधा चम्चा दालचीनीको धुलो मिलाएर सुत्नुभन्दा अगाडि सेवन गर्नु पर्छ । यसले अनिद्राको समस्या कम गर्न सहयोग पुऱ्याउछ ।