कैलालीमा आगामी एक साता सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । यस पटक केही खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।
कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । कार, जिप र भ्यानमा चालक सहित ४ जना, ट्याक्सीमा चालक सहित तीन जना बस्न पाइने निर्देशन जारी गरिएको छ ।
यस अघि विहीन ११ बजे सम्म खुल्दै आएका पसहरु अब दिउसो ३ बजे सम्म खोल्न पाउने छन् । वर्कसपहरू भने तीन जना कामदार राखेर बिहान ७ बजे देखि साँझ ७ बजे सम्म खुल्ने छन् ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि क्रमिक रूपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार१५ गतेसम्म निषेधाज्ञा लम्बाइएको हो ।