सबै थोक पुगेकै हो अलि कति कहिल्यै पुगेन ।
र त तिमीलाई बिर्सिने ओखती कहिल्यै पुगेन ।।
यसरी अथाह माया नगर,त भनेकै थिइन् ।
म अनि मेरो मन सित सहमति कहिल्यै पुगेन ।।
जो घमण्डको आविष्कार गर्दै हिँडी रहन्छन् ।
ऊनीहरूलाई घमण्ड चाहे जति कहिल्यै पुगेन ।।
पैसाकै लागि परिवारको सम्बन्ध बेचिन्छ ।
यी धनाड्डेहरुलाई भने सम्पत्ति जहिल्यै पुगेन ।।
बस् यही एउटा कुरामा चित्त बुझेको छ ।
मेरो कारण परिवारमा क्षति कहिल्यै पुगेन ।।