असार । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८९ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमितहरुमा धनगढीका ६ जना, धनगढीबाहेक कैलालीका ४ जना र अन्य जिल्लाका १ जना रहेका छन् । हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
जसमध्ये १ जना भेन्टिलेटर ११ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ४ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।