धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयलाई कक्षा थप लागि अनुमति दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाका निजी २५ र सामुदायिक ५ वटा विद्यालयलाई कक्षा थप गर्न अनुमति दिएको हो।
बिहीबार बसेको नगर शिक्षा समितिको बैठकको निर्णयनुसार २०७८ को भर्नाका लागि थप कक्षा सञ्चालनको अनुमति दिएको शिक्षा महाशाखाका उपसचिव नरेन्द्रबहादुर खातीले जानकारी दिए।
उनका अनुसार विद्यालय सञ्चालन गर्ने अनुमतिसम्बन्धी सूचनामा पनि उल्लेख गरिएको छ।