धनगढीमा गरीएको कोरोना परीक्षणमा थप १३ जनामा सङ्क्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १३ नमुना परीक्षण गर्दा १३ जनाको रिपोट पोजेटिभ र एक सय जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका ५,कैलालीका अन्य ठाउँका ३ र कैलाली बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमित अस्पतालबाट कोरोना मुक्त भएका छन भने ९ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना सङ्क्रमितको उपचार भइरहेको छ ।