युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य सुभाष कुँवरले ज्ञानेन्द्र साहीले अझै पनि मुख समालेर नबोले फेरि आक्रमण हुनसक्ने बताएका छन।
उहाँ जुन उद्देश्यले आउनु भयको थियो त्यो उद्देश्यले काम गरेको भय सायद आक्रमण हुने थिएन,उनले भने,’ज्ञानेन्द्र उग्र नै थिए,उनीमाथिको आक्रमण स्वाभाविक हो ।´
साथै कुँवरले एमाले अध्यक्ष केपी ओलिका कार्यकर्ताले आक्रमण नगरेको प्रस्ट पारे ।
फरक प्रसङ्गमा बोल्दै उनले ओली विरुद्ध षड्यन्त्र भइरहेको भए पनि ओली नझुक्ने उनको दाबी छ ।
केपी ओलिको सरकार आएपछि देशमा विकासका एजेन्डा त बढेका छन नै धेरै जसो युवाहरूले रोजगारी समेत पाएका छन्,कुँवरले भने,`अबका दिनमा रोजगारी गुमाएका युवाहरूलाई पुनः रोजगारीमा ल्याउने र आत्मनिर्भर देश बनाउने प्रयत्न भइरहेको छ ।