डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।
बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाइते भएकी छन् । घाइते हुनेहरुमा बासुदेबीको झिगावस्तीका १३ वर्षीय पुनी कुँवर र १६ वर्षीय पुजा कुँवर रहेका छन् ।
पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ । खानेपानी अवरुद्ध भएपछि पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए । मुहानको माथिबाट आएको पहिरोमा बम च्यापिएका हुन् ।