अन्जान मै हतार मै पहिले बिहे भयो
अचेल लाग्छ यो जिन्दगी के के भयो
मैले जहिल्यै तिमिलाई पर्खिरहने गरे
तिमिले पर्खिने मान्छे को उदय भयो
पहिले के थिए यहीँ सोचिरहेको हुन्छु
मान्छे भन्छन हिर्देश बल्ल मान्छे भयो
अोठ टोकियो अङ्कमाल चुम्वन गरियो
भन्छौ सम्झिनु हुन्न भुलिदेउ जे जे भयो
तिम्रो फुटो फेशबुक प्रोफाईलमा राख्छु
दिलमा राख्दा कसैले पनि नचिन्ने भयो ।
गजल हृदयेश बम
मधुबन नगरपालिका ४, बर्दिया