धनगढीमा गरीएको कोरोना परीक्षणमा थप १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३१ नमुना परीक्षण गर्दा १३ जनाको रिपोट पोजेटिभ र २ सय १८ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका ५,कैलालीको अन्य स्थानका २ जना र कैलाली बाहिरका ६ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितले कोरोनामुक्त भएका छन ३ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १५ जना सङ्क्रमितको उपचार भइरहेको छ ।