पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा पीसीआर (८८०६) तथा एन्टीजेन ( ५९८८) गरी कुल १४ हजार ४ सय ९४ जनाको परीक्षण गरिएको छ । यो अवधिमा ६१ जना संक्रमितको दुःखद निधन भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६२ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।