कोही नजिकिन्छ,बडो प्यारले अचम्म लाग्छ।
चटक देखाउँदा आफ्नै निधारले अचम्म लाग्छ।।
एउटै अपराध बारम्बार किन गर्छन् हाम्रो देशमा।
दिनदिनै बताइरहेछ समाचारले अचम्म लाग्छ।।
भोकले तड्पिरहेका छन् कयौँ बालबालिका।
केही गर्न नसक्दा यो सरकारले अचम्म लाग्छ।।
कमिलो किच्न सम्म डर लाग्छ मलाई यता।
कसैले मान्छे काट्छन् तरबारले अचम्म लाग्छ।।
निश्चल कल्पित,बागलुङ