सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने तयारी गरेका छन् । एमाले पार्टी विवाद संसदमा पुगे पछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।
शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वासै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो। सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको प्रदेश सभा सचिवालयका उप सचिव सिद्धराज चटौतले जानकारी दिए। विश्वासको मत कहिले लिने भनेर प्रदेश सभा सचिवालयले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ।