सुदूरपश्चिम प्रदेश सभामा आइतबारदेखि प्रि बजेट छलफल हुने भएको छ। जेठ २१ गतेदेखिबाट सुरु भएको प्रदेश सभाको आठौँ अधिवेशनमा नयाँ आर्थिक वर्षको बजेटबारे छलफल हुने भएको हो।
आइतबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहद्वारा आउँदो आर्थिक वर्षको बजेटको उद्देश्य, प्राथमिकताहरू संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताए ।
‘केही दिन प्रि बजेट छलफल चल्छ,’सभामुख थापाले भने,‘सांसदबाट प्राप्त सुझावका आधारमा असार १ गते नयाँ बजेट ल्याउने व्यवस्था छ। २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको छ।’