यो मन को उच्च स्थान तिमी लाई मात्र दिन्छु ।
ईश्वरलाई झैँ सम्मान तिमिलाई मात्र दिन्छु ।।
मलाई धेरै मान्छेले धेरै तरिकाले चिन्लान् ।
मेरो असल पहिचान तिमिलाई मात्र दिन्छु ।।
खाइएला अन्त पनि सङै जिउने मर्ने कसम।
दिनै पर्यो भने यो ज्यान तिमिलाई मात्र दिन्छु।।
न रिसाउन एक छिन हाँसेर बोल्दा अरू सँग ।
जीवन भरलाई मुस्कान तिमिलाई मात्र दिन्छु ।।
हाँसो मजाक ख्याल ठट्टा धेरै सँग गरेपनी ।
अन्त्य मा जीवनदान तिमिलाई मात्र दिन्छु ।।