धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३३ नमुना परीक्षण गर्दा ५४ जनाको रिपोट पोजेटिभ र १ सय ७९ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनका अनुसार सङ्क्रमितहरूमा धनगढीका मात्रै ११ पुरुष र ८ महिला गरी १९ जना छन । कैलालीका अन्य स्थानका १८ पुरुष र १३ महिला गरी ३१जना छन् । कैलालीबाहिरका १ पुरुष र ३ महिला गरी ४ जना छन् । गत २४ घण्टामा ५ जना अस्पतालबाट सङ्क्रमण मुक्त भएर घर फर्किएका छन भने ७ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । उपचारकै क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका ६ कि २८ बर्सिया महिलाको ज्यान गएको छ । अहिले अस्पतालमा ४५ सङ्क्रमित उपचाररत छन् ।
सेती अपडेट : ५४ जनामा सङ्क्रमण,१को मृत्यु
सेती अपडेट : ५४ जनामा सङ्क्रमण,१को मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु