जिन्दगीमा एउटा यस्तो काम गर्नु छ।
मेरो रिसले जल्नेको नीद हराम गर्नु छ।।
देख्छ कि झैँ गरि भित्र-भित्रै एक्लै खानेलाई।
चुले निम्ता दिई भोज धूमधाम गर्नु छ।।
मेरो पनि दिन आवस एउटा यस्तो कुनै।
कुण्ठिएका सपना पूरा तमाम गर्नु छ।।
चिन्दैन कोही दिनभरि भीड पन्छाउँदै गएँ।
मैँ फर्किंदा एक दिन ट्राफिक जाम गर्नु छ।।
जिन्दगीमा एउटा यस्तो काम गर्नु छ।
मेरो रिसले जल्नेको नीद हराम गर्नु छ।।