ए साथी,तिमी र म सँगै पढ्ने रहेछौँ,अनलाइन सुरु भएपछि थाहा भयो ।
साथी,तिम्रो पढाइ बच्चैदेखि राम्रो रहेछ,अनलाइन सुरु भए सी थाहा भयो ।।
हुन त म पनि कम थिएन तर सरकारी स्कुल पढेको हुनाले कमजोर रहेछु,अनलाइन सुरु भएपछि थाहा भयो ।
सरले पढाएको बेसिनै बुझ्छौँ र पो तिमीमा अरू भन्दा बढी नै ‘इगो’ भरिएको अनलाइन सुरु भएपछि थाहा भयो ।।
सरकारी स्कुलमा पढेको मान्छे,अङ्ग्रेजी बिना सास फेर्न नि गाह्रो हुन्छ भन्ने अनलाइन सुरु भएपछि थाहा भयो ।
हुन त सरले तिमीलाई पनि उत्ति नै पढाउँछन् जति हामीलाई तर अङ्ग्रेजी कमजोर छ भन्ने अनलाइन भएपछि थाहा भयो ।।
बस अब त सुटुक्क तिमी आफूलाई उत्कृष्ट ठान्न थाल्यौ र पो झगडा सुरु भएछ अनलाइन सुरु भएपछि थाहा भयो ।
तिमीलाई महान् भनिदिने क्लासमा होलान् तर नमान्ने पनि रहेछन् अनलाइन सुरु भएपछि थाहा भयो ।
तेज जङ्ग मल्ल
बिए.एल.एल.बी
पहिलो सेमेष्टार
कैलाली बहुमुखी क्याम्पस
धनगढी,कैलाली